काठमाडौं, २२ असार । पाँच वर्ष देखिको नगद लाभांश बुझिलिन स्ट्याण्डर्ड बैंकले शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आज एक सुचना प्रकाशित गरी पुरानो लाभांश बुझ्न शेयरधनीहरुलाई नयाँ बानेश्वरको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।
बैंकले तोकेको अवधिभित्र पनि शेयरधनीहरुले सभाबाट पारित भएको नगद लाभांश नबुझेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्ने बताएको छ ।