Logo

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट



काठमाडौं, २२ असार । समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको अवितरित हकप्रद शेयर आज बाँडफाँट भएको छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि खुल्ला गरेको थियो ।

कम्पनीले आज शेयर खरिदको लागि बोलपत्र पेश गरेका शेयरधनीहरुलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँट गरेको हो । बाँडफाँटमा नपरेको शेयर आज देखि नै सम्बन्धित आवेदकको बैंक खातामै रकमान्तर गर्ने बैंकले जनाएको छ ।

कम्पनीको अनुसार यस पटक पनि ११ लाख ३५ हजार ५५८ कित्ता शेयर बिक्रि हुन सकेको छैन् । बिक्रि हुन नसकेका शेयरलाई कम्पनीले असार २९ गतेदेखि फेरी लिलामीमा ल्याउने जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ शेयरमुल्य तोकेको छ । तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको थियो । शेयर बिक्रि प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot