काठमाडौं, २१ असार । इन्फिनिटी लघुवित्त बित्तीय संस्था लिमिटेडको हिजो भएको विशेष सभाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको सभाले नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयरको अनुपात कायम गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको सभा केन्द्रिय कार्यालय गैडाकोटमा सम्पन्न भएको हो ।