काठमाडौं,२२ असार । अबैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका ८ सुक्रबारेबाट करिब १ सय ५० किलो अवैध लागूऔषध गाँजा र १ थान नक्कली पेस्तोल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनि नगरपालिका ७ बस्ने २५ वर्षीय अमिर लिम्बु रहेका छन् । चतराबाट कोशी बाँध हुँदै सवारी साधनमा गाँजा लैजादै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को.२ च ११२ नम्बरको भ्यान र को.२ प ३५०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा र नक्कली पेस्तोल सहित फेला पारी मोटरसाइकल र भ्यानमा सवार उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
भ्यान चालक र मोटरसाइकल सवार १ जना फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।