Logo

आन्तरिक र अन्तर्राष्ट्रीय सबै उडान खुला गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं, २२ असार । सरकारले आन्तरिक र अन्तर्राष्ट्रीय सबै उडान खुला गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले कोभिड प्रोटोकल फलो गरेर सबै उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार उडान खुला गर्ने निर्णय भोलि (बुधबार) मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमार्फत गरिनेछ । कोरोनाको दोस्रो लहरका कारण गत बैशाख २० गते उडानहरु बन्द थिए । आन्तरिक उडान भने बैशाख १६ गतेबाट सुचारु भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot