Logo

मध्यपश्चिम विश्वविद्यालयको बजेट ५२ करोड



काठमाडौं, असार २३ । मध्यपश्चिम विश्वविद्यालय (एमयू)का लागि ५२ करोड ४८ लाख वार्षिक बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट विनियोजन गरिएको हो ।

विश्वविद्यालय अनुदान आयोगमार्फत चालूतर्फ २७ करोड ४८ लाख र पूँजीगततर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । गत बिहीवार आयोजित एघारौं वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयका रजिस्ट्रार प्राडा नारायणप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन्

चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिकमा सञ्चालनतर्फ एमयूले २३ करोड खर्च गरेको छ । रजिस्ट्रार पौडेलका अनुसार तेस्रो चौमासिकको खर्च रिपोर्ट आउन भने बाँकी छ । पूँजीगततर्फ १५ करोड खर्च हुने अनुमान रहेको उनले बताए ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई अन्तरराष्ट्रियस्तरमा परिचित गराउने गरी योजनाहरू बनाइएको दाबी गरे । यसअघि पाँचओटा संकाय भएको विश्वविद्यालयमा कृषि र स्वास्थ्य थप गरी सात संकाय पुर्‍याइएको जानकारी उनले दिए । एमयूमा हाल ३१ ओटा डिपार्टमेन्ट, १७ ओटा कलेज, ६०० शिक्षकरकर्मचारीहरू र ८ हजार विद्यार्थी छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot