Logo

एमाले कार्यदलको बैठक सम्पन्न, वार्ता निश्कर्षउन्मुख रहेको प्रदीप ज्ञवालीको दाबी



काठमाडौं, २३ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको बैठक भर्खरै सम्पन्न भएको हो । आजको छलफल निश्कर्षउन्मुख रहेको वार्तामा सहभागी नेता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेको गत शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिनको लागि माधव नेपाल पक्षलाई निर्देशन दिएको थियो । तर, नेपाल पक्षले हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने बताइसकेको छ । नेपाल पक्षले राखेका माग पूरा गर्नको लागि अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेको बताईएको छ ।

आजको बैठकमा नेताहरुबीच समस्या समाधानको लागि मसिनो रुपमा छलफल भएको र भोलि बैठक बसेर सहमति गरिने अर्का एक नेताले जानकारी दिए । कार्यदलको बैठक बस्नुअघि भीम रावल आफू पक्षका नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । नेपाल पक्ष यतिवेला कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाको विपक्षी गठबन्धनमा आवद्ध छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot