Logo

२४ घन्टामा २८ जनाको मृत्यु



काठमाडौं, २३ असार। कोरोना संक्रमणबाट आज थप २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २ हजार ९ सय ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ६४ पुगेको छ । मन्त्रालयको अनुसार २४ घन्टामा ७ हजार ८ सय ३५ परीक्षणमा २०७७ र ४ हजार ३६ जनाको एन्टिजेन विधिबाट ९०२ जनामा संक्रमण पुष्टि भएको हो ।

२३ हजार ७ सय ५६ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot