Logo

कोरोनाको खोप ल्याउन निगमको वाइड बडी जहाज चीन जाँदै



काठमाडौं, असार २४ । सरकारले आज चीनबाट भेरोसेल खोपको पहिलो मात्रा (डोज) ल्याउँने भएको छ । अर्काे हप्तादेखि लगायन सुरु गरिने उक्त खोप ल्याउन नेपाल वायुसेवा निगमले आजबाट उडान सुरु गरेको छ ।

५५ वर्षमाथिका नागरिकलाई प्राथमिकतामा राखेर ल्याउन लागिएको खोप ल्याउन निगमले तीन वटा उडान गर्ने जनाएको छ । निगमको बाइडबडी ए ३३० जहाजबाट साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।

सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याउन निगमको जहाज आज चीन उड्ने भएको छ । शुक्रबार खोप नेपाल आईपुग्ने छ ।

यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

सरकारले प्राथमिकतामा परेकालाई वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज) लगाउन आवेदन माग गरेको थियो । कोभिड–१९ पहिलो डोज खोपका लागि करिब बैशाख तेस्रो सातासम्म १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot