Logo

अविरल वर्षाले यी स्थानहरुमा बाढी पहिरोको खतरा



काठमाडौं, २४ असार । अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीपहिरोको खतरा बढेको छ । गएराति देखि परेको पानीले काठमाडौं उपत्यकाका अलावा पूर्वी भागहरुमा नदी र खोलाहरुको सतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बडिगाड नदीको रुद्रवेणीस्थित जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रम रहेका छ । तमोर, दुधकोशी नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ । यी नदी तटीय क्षेत्रमा दिउँसो सम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

चितवनको माडी क्षेत्रको छरछरे, नवलपुरको अरुङग, देध गाउँ, सुर्खेतको खानीखोला, तनहुँको बन्दीपुर, इलाम, झापालगायतका क्षेत्रमा भारी वर्षा भएको छ । नदी र खहरेखोलामा आकस्मिक बाढी जानसक्ने विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot