Logo

तीन सातादेखि एक प्रहरी बेपत्ता



काठमाडौं, असार २४ । गोरखामा तीन सातादेखि एक प्रहरी बेपत्ता भएका छन्। प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी मोहनसिँह कुँवर असार १ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उनी विगत ११ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत छन्।

कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–२ घर भएका कुँवर घर बिदा गएर उत्तरी गोरखाको सामागाउँ फर्कंदै गर्दा सम्पर्कविहीन भएको एसपी शेखर खनालले बताए। बहिनीको बिहेका लागि घरबिदामा गएर फर्किएका उनलाई असार १ गते बिहान साथीहरूले धार्चे गाउँपालिका–३ तातोपानीसम्म पुर्‍याएर फर्किएका थिए। त्यसयता परिवार, जिल्ला प्रहरी कार्यालय, सामागाउँ प्रहरी चौकी कतै पनि सम्पर्कमा नरहेको एसपी खनालले बताए। उनको खोजी भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्