Logo

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने भोली अन्तिम दिन



काठमाडौं, २४ असार । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरमा शुक्रबार (भोली) आवेदन दिने अन्तिम दिन हो ।
कम्पनीले असार १६ गते बुधवारदेखि लिलामीमा विक्री खुला भएको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा ल्याएको हो ।

प्रतिकित्ता ६०० अंकित दरको यो शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कम्पनीले व्यवस्था गरेको छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्