Logo

आज २९ कोरोना संक्रमितको मृत्यु



काठमाडौं, २४ असार । कोरोना संक्रमणबाट आज थप २९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ ।

आज १ हजार २ सय ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख १५ हजार ६ सय १३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार १० हजार ५ सय ४ जनाको परीक्षणमा १२१८ पिसीआर विधिबाट र ६५७ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot