Logo

दार्चुलामा पहिरोमा परी ३ जनाको मृत्यु



दार्चुला, २४ असार । दार्चुलामा गएराति देखि आएको अविरल वर्षाको कारण पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा नौगाड गाउँपालिकाका गेउडी ठगुन्ना, मन्जरी ठगुन्ना र २९ का लक्ष्मण सिंह सितोली रहेको प्रहरीले जनाएको छ ।

घर माथिबाट आएको पहिरोमा पुरिएर एकै परिवारका दुई गरी तीन जनाको मृत्यु भएको हो । पहिरोमा परेर अर्की १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छिन् ।

यसैगरी, पहिरो संगै खोलामा आएको बाढीले खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको छ । बाढीले खार र जामिर जोड्ने ५० मिटर लामो झोलुङ्गे पुल समेत बगाएको छ । FIle photo



प्रतिक्रिया दिनुहोस्

Screenshot