Logo

एमाले कार्यदलको बैठक बिना निश्कर्ष सम्पन्न, घनश्याम भुषाल निराश



काठमाडौं, २४ असार । नेकपा (एमाले) को कार्यदलको बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा बसेको कार्यदल बैठक मूल विषयमा प्रवेश नै नगरी सम्पन्न भएको हो । आज विहान बसेको कार्यदलको बैठकले अहिले बसेको बैठकले सहमतिको खाका तयार पार्ने बताईएको थियो ।

तर, आजको बैठकमा मूल विषयमा नै प्रवेश नगरिएको नेताहरुको प्रतिक्रिया छ । माधव नेपाल पक्षका सदस्य घनश्याम भुषालले वार्ता तथा छलफलमा कुनै प्रगति नभएको भन्दै निराशा व्यक्त गरे । पछिल्लो दश दिनसम्म कुनैपनि प्रगति नभएको भुषालको भनाई थियो ।

तर, अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता सुवास नेम्वाङले भने वार्ता सकारात्मक भएको दाबी गरे । र, भोलि बस्ने बैठकले सबै कुरा टुँगो लगाउने विश्वास दिलाए । कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् । उता, नेपाल पक्षबाट भने भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् । file photo



प्रतिक्रिया दिनुहोस्