काठमाडौं, २५ असार । लक्ष्मी बैंकले बुढानिलकण्ठमा नयाँ शाखा संचालन गरेको छ । बैंकले १३० औं शाखा बुढानिलकण्ठको वडा न ६ स्थित गणेश चोकमा संचालनमा ल्याएकोे हो ।
बैंकको अनुसार यस शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य लिएको छ ।
हालसम्म बैंकले ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।