Logo

कांग्रेसको सुझाब संकलन कार्यदल बाग्मती प्रदेश सदस्यमा बन्जरा मनोनित



काठमाडौं, २५ असार । नेपाली कांग्रेसको शिक्षा विभागमा सुझाब संकलन कार्यदल बाग्मती प्रदेश सदस्यमा धादिङ्गका राम प्रसाद बन्जरा मनोनित भएका छन् ।

नेपाली कांग्रेसको बिधान बमोजिम गठित “शिक्षा बिभाग” ले तयार पारेको “रास्ट्रिय शिक्षा नीति” को प्रारम्भिक मस्यौदा छलफल गरी सुझाब संकलनका लागि नेपाली कांग्रेस शिक्षा बिभागको गत चैत्र २८ गतेको निर्णय अनुसार सुझाब संकलन कार्यदल बाग्मती प्रदेश सदस्यमा  बन्जरा मनोनित भएका हुन् ।

प्रमुख हरिप्रसाद नेपालद्वारा जारी गरिएको मनोनयन पत्रमा नेपाली कांग्रेसले तयार गर्न लागेको ‘राष्ट्रिय निति’ तयारीमा महत्वपुर्ण भुमिका हुनेछ भन्ने विश्वास लिएको उल्लेख गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot