काठमाडौं, २५ असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका १७ छोरेपाटन बरको बोटस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने स्याङ्जा फेदिखोला गाउँपालिका २ घर भएका ३५ वर्षीय मुक्तिराम पौडेल बिहीबार बिहान पक्राउ परेको हो ।
पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख २९३ नम्बरको बसलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसका सह–चालक पौडेलले उक्त नगद दिन खोजेको तथा प्रहरीमाथि अभद्र व्यवहार समेत गरेपछि उनलाई उक्त नगद सहित पक्राउ गरेको जनाएको छ ।
उनीमाथि सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तरगत अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।