उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले सरकार निरीह हुँदा बजार महँगी भएको र निजी क्षेत्रले मनपरी गरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दैै उनले यस्तो बताएका हुन् । उनले आफूहरुको काम भने भुक्नेमात्रै भएको तर टोक्ने नभएको प्रतिक्रियापनि दिएका छन् । प्रस्तुत छ बानियाँसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
हाम्रा देशमा महँगी दिन दुई गुणा रात चौगुणाले बढिरहेको छ, उपभोक्ता ठगिएका छन्, अनि तपाईहरु कहाँ हुनुहुन्छ ?
हामी त कराईरहेका छौँ । हाम्रो काम भुक्नेमात्रै हो । हाम्रो काम टोक्ने होईन, टोक्न पाएको भए त जानेका थियौं, तर हामी भुकिरहेका छौँ ।
टोक्न किन सक्नुभएन तपाईँहरुले ? जहिल्यै भुकिरहने मात्रै काम हो र ?
यो कानूनले हामीलाई भुक्नेमात्रै बनाईदियो । पहिला कुनै समय हामीले उजुरी र अनुगमन पनि गरेका थियौं । पछि बीचमा अनुगमन पनि सरकारी काम हो र उजुरी पनि सरकारको काम हो भनेर हामीलाई भुक्नेमात्रै बनायो । तपाईँपनि सबैभन्दा ठूलो उपभोक्ता हो । त्यसैले तपाईँपनि भुकिरहनुभएको छ । हामीले कुरा गरिरहेका छौँ । अपराधको सिमा पनि कतिसम्म छ भने नागरिकले तेल प्रयोग गर्छन्, कसैले सार्वजनिक यातायातबाट गर्छन् । हेर्नुहोस, हाम्रो देशमा प्रति लिटर ६७ रुपैयाँमा किनेको तेललाई नेपालमा ल्याउनेबित्तिकै प्रति लिटर १२९ रुपैयाँमा बेच्छु भन्छ क्या । यसमा विभिन्न बहाना गर्छ । शत प्रतिशतभन्दा बढि मुल्यमा नेपालबाहेक कतै पनि यसरी मूल्य लिईँदैन् । अनि मलाई घाटा पर्यो भन्छ । घाटा कसरी परिरहेको छ भने ११ रुपैयाँ त त्यो ढुवानीलाई नाफाको रुपमा दिईरहेको छ । आयल निगमलाई तीन रुपैयाँ राखेको छ । अब कर त्यो किनेको मालभन्दा बढि लिएको हुन्छ । यस्तो पनि कहीँ हुन्छ । ११७२ सय रुपैयाँमा किनेको ग्याँसलाई १४२५ रुपैयाँमा बेच्छु भन्छ । रक्सौलको मुल्य भनेको ११७२ रक्सौलसम्म उसैले ढुवानी गरिदिएको छ । ईन्डियाले सबै कुरा गरिदिएको छ । हामीकहाँ १४ सय २५ रुपैयाँ लिईछ । किनेको मुल्यभन्दा शतप्रतिसत बढि गरेर लिएको छ । त्यो लिएको मुल्य बढाएपछि त स्वभाविक रुपले अरु पनि बढि हाल्छ । त्यो बढ्नु भनेको सबै कुरा बढ्नु हो । त्यसो भएको हुनाले जनताप्रति उत्तरदायी नै भएन । हाम्रो यत्ति बिन्ती छ । तपाईँ राजनीति कुरा उठाई रहनु हुन्छ । यो राजनीतिक कुरा के छ भने तपाईले जनताको रक्षा गर्ने कुरामा गरिरहनुभएको छ । यी जुन नेता छन्, यिनीहरु त नेता नै होईनन् । नेता पनि यस्ता हुन्छन् र ? आफ्नो कुर्सीको लागि मात्रै लडिरएका छन ।
होईन, हाम्रो देशमा त नेताहरु पद र पैसाको लागि लडिरहेका छन् भन्ने जनताको गुनासो छ ? तपाईँको प्रतिक्रिया के छ ?
यिनीहरु सत्ता र शक्तिको लागि लडिरहेका छन् । पार्टीको महाअधिवेशन भयो यिनिहरुले नै गर्नुपर्ने । मन्त्री/प्रधानमन्त्री पनि यिनीहरु नै बन्नुपर्ने, आफु भयो भने ठीक अनि आफु भएन भने बेठीक भन्ने हुन्छ ? अहिले राजनीति त्यसरी नै घुमिरहेको छ । तर, यसलाई छिमल्नुपर्ने छ । यसलाई छिमोल्नको लागि तपाईँलगायत केही राम्रा मान्छे पनि छन । यिनीहरुलाई जिम्मेवार बनाउन खोज्नुभएको छ । तर, यिनीहरुलाई यस्ता खालका मान्छे जो आफ्नो लागिमात्रै लड्छ अनि यिनीहरुले कसैको लागि केही गर्न सक्दैनन् । त्यसैले नयाँ मान्छेहरु तयार गर्नुपर्यो । फेरि नयाँ मान्छेहरुको हालत पनि त्यही छ ।
युवा पुस्ता भनेर जनताले जसरि आशा र भरोषा गरिरहेका थिए, अब उनीहरु पनि सेलाए नि होईन र ?
यवा पुस्ता पनि कस्ता भए भने पार्टी, सत्ता र राजनीतिक शक्तिमा आफु कसरी बस्नेबाहेक अरु केही पनि छैन । कसरी चुनाब जित्ने, चुनाव जित्नको लागि पैसा चाहिने हो । उनीहरुमा कहाँबाट चन्दा लिने भन्ने मात्रै भयो के, हामी नागरिक जबसम्म सचेत हुन सक्दैनौं, तबसम्म केही होला जस्तो लागेन ऋषि सर । मेरो बिन्ती के छ भने–तपाईँले जनताको लागि जसरि निरन्तर आवाज उठाई रहनु भएइको छ । अब आवाज कस्तो उठाई दिनु¥पयो भने यो मान्छे जनताको लागि राम्रो होला भन्ने मान्छेको आवाज उठाईदिनुपर्यो ।
तपाईँको विचारमा हाम्रो देशमा बजार किन महंगियो ? के कारणले भन्नुहोस त ?
बजार महँगिनुको पछाडि तीन वटा कारण छन् । पहिलो कारण सरकार मूल्य निर्धारणमा जति जिम्मेवार हुनुपर्ने थियो, त्यो हुन सकेन र बजार उसको आवश्यकत्ताभित्र पर्दै परेन । अहिले बजार हेर्नको लागि प्रत्येक जिल्लामा सहायक सिडिओलाई जिम्मा दिएको छ । सहायक सिडिओले यो विषयमा वास्ता नै गरेको छैन । किनभने व्यापारीले चलाउनुपर्ने, व्यापारीले सरुवा गरिदिन्छ भनेर उसले गर्दै गरेन । जसरी बजार अनुगमन र व्यवस्थापन गर्नुपर्ने थियो । त्यो केही पनि गरेको छैन । स्थानीय तहले यो विषयमा हेर्ने भनेको छ । उपमेयर पनि पाँच महिना पछि म गैहाल्छु । मेरो पद गैहाल्छ । म किन त्यो संग झगडा गर्ने भोलि त्यसैकोमा चन्दा लिन जानुपर्ने भन्ने स्थिति बन्यो । अर्को, घरेलु कार्यालय भन्ने छ । त्यसले पनि बजेटमात्रै खर्च गर्ने भयो । काम हुन सकेन । त्यसैले सरकारको काम भएन । सरकारले काम गर्न सकेन, सरकार त अहिले निरीह भयो । योभन्दा डरलाग्दो पक्ष व्यापारीहरुमा जबरजस्ती मुल्यवृद्धि गरेर उनीहरुले के बुझे भने नेतालाई र कर्मचारीहरुलाई चिनेपछि हामीहरुले जेपनि गर्न पाईदो रहेछ भन्ने उनीहरुमा छाप पर्यो । त्यसैले हामीले चन्दा दिउलाआखिर चन्दा पनि उतै बाट जाने हो । त्यसैले यो स्थिति सिर्जना भयो । हामी उपभोक्ता सचेत भएनौँ । निजी अस्पतालहरुले ठुलो ब्रम्हलुट गरेका छन । अहिले लुट्ने सबैभन्दा बढी कहाँ हो भनेर भन्दा शिक्षा र स्वास्थ्यमा छ । निजी क्षेत्रबाट कसरी हुन्छ, जनतालाई चुस्ने बाहेक अरु केही भएको छैन् ।