Logo

झन्डै १२ लाखले भरे यूनियन लाईफको आईपीओ



काठमाडौं, असार २६। बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिन ११ लाख ७० हजार ९१२ जनाको आवेदन परेको छ ।

ती आवेदकहरुबाट एक करोड ९६ लाख १ हजार ९३० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

दोस्रो दिनमा मागभन्दा ३ दशमलव ३७ गुणा बढी आवेदन परेको हो । सार्वजनिक निष्कासनमा आएको शेयर खरिदका लागि मात्र आवेदन दिन सकिनेछ । मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि असार २८ गतेसम्म मात्र विक्रीमा रहनेछ ।

गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महिनामै असार १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot