Logo

मेचीपहाडका ९३ सडक–पुललाई बजेट



ईलाम, असार २६ । आगाम आर्थिक वर्ष २०७८/७९ का लागि सदरमुकामस्थित डिभिजन सडक कार्यालयमार्फत इलाम, पाँचथर र ताप्लेजुङमा ९३ सडक–पुलको निर्माण कार्य हुने भएको छ । संघीय सरकारले विनियोजन गरेको बजेटले कुनै नयाँ निर्माण हुनेछन् भने केही पुराना आयोजनालाई निरन्तरता दिइएको छ। तर, केही महत्वपूर्ण आयोजनालाई भने बजेट नै छुट्ट्याइएको छैन।

सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४७, स्थानीय सडक–पुलअन्तर्गत २१, वैकल्पिक सहायक राजमार्ग विकासअन्तर्गत आठ, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका सात, राजमार्ग स्तरोन्नति र पुनःस्थापनाका सात तथा निर्वाचन क्षेत्र रणनीतिक सडकका तीन आयोजनालाई बजेट विनियोजित छ । कार्यालयका अनुसार प्रतिसडक र पुल निर्माणरमर्मतलाई १३ लाखदेखि १४ करोड रुपैयाँसम्म बजेट विनियोजित छ।

यी जिल्लामा निर्माण भइरहेका केही महत्वपूर्ण सडकलाई बजेट छुट्टिए पनि पर्याप्त छैन। झापाबाट इलाम सदरमुकाम जोडिएको द्रुतमार्गलाई आउँदो वर्षका लागि बजेट विनियोजित छैन। यो सडकले झापाको दुर्गापुरबाट ४७ किलोमिटरमा इलामको गोलाखर्क छुन्छ।

मेची राजमार्ग भएर त्यही गन्तव्य पुग्न करिब सय किलोमिटर पार गर्नुपर्छ। तर, यो अत्यन्त आवश्यक रमहत्वपूर्ण द्रुतमार्गलाई नै बजेट नभएपछि स्थानीयको प्राथमिकताको आयोजना अन्योलमा पर्दैछ । इलाम सदरमुकाम–माईपोखरी–सन्दकपुर सडकलाई पनि २ करोड रुपैयाँ मात्रै छुट्टिएको छ । निकै महत्वाकांक्षी मानिएको केचना–कञ्चनजंघा रुटमा यी सडक पर्ने भए पनि बजेट नभएको, छुट्टिएको बजेट पनि पर्याप्त नरहेको कार्यालयले जनाएको छ।

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत पाँचथरको अमरपुर बजार–हिलिहाङ चोक–मेची राजमार्ग हुँदै जोरपोखरी–पञ्चमुखी लाङलेपा–भारत सीमा सडकलाई १४ करोड र उत्तरे यासोक–लुम्बुघाट–म्याङलुङ सडकलाई १३ करोड रुपैयाँ विनियोजित छ।

नवमीडाँडा–फात्तेप–घुर्बिसे पञ्चमी इलाम सडकलाई ८ करोड, पवित्राहाङ्मा मार्ग–थलाचेप्पा–माङमालुङ–गजुरमुखी सडकलाई ५ करोड, सुकिलुम्बा विमानस्थल–गोलाखर्क–सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई–मार्चेबुङ र पाँचथरको मगरचेपा औंसीभन्ज्याङ लुवाफु तीन सिमाना फालोट सडकलाई चार÷चार करोड रुपैयाँ छ। यस्तै, फिक्कल–पशुपतिनगरलाई डेढ करोड तथा मौवा हिलीटार तमोर करिडोर सडकलाई १ करोड रुपैयाँ विनियोजित छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot