काठमाडौं, २६ असार । नेकपा (एमाले) को कार्यदलले सहमतिको खाका तयार पारेको छ । यसलाई अन्तिम रुप दिन आज फेरि कार्यदलको बैठक बस्दैछ । आज अपरान्ह बस्ने बैठकले सहमतिपत्र सार्वजनिक गर्ने जनाईएको छ ।
बैठक बस्नुअघि कार्यदलका दुवै तर्फका संयोजकहरु आ-आफ्नो नेतासँग छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले ब्रिफिङ गरिरहेका छन् । उता, माधव नेपाललाई भने कार्यदलका संयोजक भीम रावलले सहमति हुन लागेको विषयमा ब्रिफिङ गरिरहेका छन् । file photo