मनाङ, २६ असार : मनाङ मस्र्याङ्दी क्लबले बाढीपहिरापीडितलाई राहत सामग्री वितरण गरेको छ । फुटबल र सामाजिक कार्यमा संलग्न क्लबले जिल्लाका बाढीपहिरापीडितलाई राहत सामग्री वितरण गरेको हो ।
आज ङिस्याङ गाउँपालिका वडा नं ४ हुम्डे, वडा नं ९ खाङ्सार र वडा नं ८ टङ्कीका बाढीपीडितलाई त्रिपाल औषधि, खाद्य सामग्री वितरण गरिएको छ । पीडित परिवारलाई क्लबका पदाधिकारीलगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । क्लबले शुक्रबार पनि सोही गाउँपालिकाका वडा नं १ पिसाङ, वडा नं २ घ्यारु र वडा नं ३ ङावलमा राहत वितरण गरिएको जनाएको छ । ङिस्याङ मनाङ महिला सोसाइटीको सहयोगमा क्लबले राहत वितरण गरेको हो । बाढीपहिराका कारण यातायात नचल्दा क्लबले हेलिकप्टर चार्टर गरेर राहत ल्याएको हो ।
क्लबले पछिल्लो समय खेलकूदसँगै सामाजिक कार्य गर्दै आइरहेको छ । क्लबले यसअघि कोरोना प्रभावितलाई निःशुल्क खाना वितरण गरेको थियो । बाढीपहिराबाट हिमाली जिल्ला मनाङमा ६५६ घरपरिवार विस्थापित भएका छन् । विनाशकारी बाढीपहिराले जिल्लाका घर, सडक, चैत्य, गुम्बा, पुललगायत संरचनामा क्षति पु¥याएको छ ।
यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीले करोडौँको भौतिक क्षति पु¥याएपछि यतिबेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको हो । जिल्लाका चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरुपमा प्रभावित भएका छन् । नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिराबाट क्षतिग्रस्त भएका छन् भने नार्पाभूमि गाउँपालिका पहिराबाट प्रभावित बनेको छ ।-रासस/File photo