Logo

प्रदीप पौडेललाई ऋषि धमलाको प्रश्न : तपाईँको पुस्तापनि असफल भयो, होईन ? (भिडिओसहित)



काठमाडौं, २६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा क्रियाशिल सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले आफूहरु समयमै महाधिवेशन गराउनको लागि सक्रिय भएर लागेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले क्रियाशिल विवादबारे छानबिन चार दिनभित्र टुँगो लगाउने स्पष्ट पारे ।

उनले इतिहासमै यो छानबिन समितिले कम खर्चमा काम सम्पन्न गर्ने र सबै खर्च विवरण समेत सार्वजनिक गर्ने जनाए । उनले कांग्रेसमा युवा पुस्ता असफल नभएको जिकिर गरे । उनले युवा नेताहरु पार्टी नेतृत्व गर्न सफल रहेको दाबी गरे । जनताले अपेक्षा गरेको नेता एक सय एक छन् भनेर आफूले दाबी नगर्ने उनको भनाई छ । तर, उनले कांग्रेसले जनताको मन जित्ने एजेण्डा बोक्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्