Logo

माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न, अब केन्द्रीय सदस्यहरुको बैठक बस्दै



काठमाडौं, २६ असार । नेकपा (एमाले) को विवाद समाधानतर्फ उन्मुख रहेको छ । विवाद समाधानको लागि गठित कार्यदलको लगातार बसेको बैठकले सहमतिको खाका तयार पारेको छ । तर, माधव नेपालले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरिएको हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेका छन् ।

यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच होटल म्यारियटमा भएको भेट सकारात्मक भएको र सोही भेटवार्ताको आधारमा कार्यदलले सहमतिको लागि मस्यौदा तयार पारेको बुझिएको छ । तर, नेपाल पक्षधर सांसदहरुले भने कुनैपनि हालतमा देउवालाई गरेको समर्थन फिर्ता नलिने बताउँदै आएका छन् ।

बरु, ओलीले अदालतको फैसला आउनुभन्दा अघि सहमतिको नाटक गरेको र अदालतको फैसलालाई प्रभावित पारेपछि आफूहरुलाई वास्तै नगर्ने नेपाल पक्षधर सांसदहरुको निश्कर्ष छ । आजै सहमतिपत्रमा हस्ताक्षर हुने बताईरहेको बेला अध्यक्ष तथा प्रधानमन्त्री ओली सिन्धुपाल्चोक बाढि प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।

यता, माधव नेपाल आफू पक्षधर सांसदहरुसँग छलफलमा बसेका छन् । सांसदहरुसँगको छलफल सम्पन्न भएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिईन् । उनकाअनुसार अब केही बेरमा केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । उक्त बैठकमा सहमतिको बारेमा विस्तृत छलफल हुने बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्