Logo

टोपबहादुरजस्ता मान्छेका कुरा सुनेर हामी किन बौलाईरहने ? : रामनारायण बिडारी (भिडिओसहित)



नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनाराण बिडारीले माओवादी केन्द्र कसैले भन्दैमा खारेज नहुने दाबी गरेका छन् । उनले पार्टी निर्वाचन आयोगमा विधिसम्मत रुपमा अपडेट रहेकोले रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुले भन्दैमा खारेज नहुने बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले भाडाका मान्छेले माओवादी केन्द्र खारेजीको माग गरेको पनि टिप्पणी गरे । प्रस्तुत छ नेता बिडारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

तपाईँको पार्टी नेकपा (माओवादी केन्द्र) त अवैध रहेछ नि, होईन ?

कसले भन्यो ?

तपाईँको पार्टी छोडेर एमालेमा प्रवेश गरेका नेताहरुले हिजो निर्वाचन आयोगमा गएर भनिसके कि अब माओवादी केन्द्र कुनै पनि हालतमा वैध हुन सक्दैन भनेर ? महाअधिवेशन गरेको छैन्, माओवादी केन्द्रलाई तपाईँहरुले निर्वाचन आयोगमा किन अप्डेट गराउनुभयो ?

पार्टी छोडेर अन्यत्र गएर आउने/जाने गरिरहने, अनि कहिले यो पार्टीमा बस्ने, कहिले त्यो पार्टीमा बस्ने मान्छेले के–के कुरा गर्दै हिँड्छन, त्यसको पछि लाग्दै हिँडेर साध्य लाग्छ ?

होईन, तपाईँ त पार्टीको नियम, कानुन अनि विधान राम्रोसंग अध्ययन गर्दै आएको मान्छे हो, अनि पार्टीको महाअधिवेशन गर्नु पर्दैन् ? तपाईँको पार्टीको महाअधिवेशन २०६९ साल यता कहिले भयो ?

यो तपाईँलाई पनि थाहा छैन्, उनीहरूलाई त दिनदिनै पार्टी छोड्छन् । कहिले कुन पार्टीमा जान्छन्, कहिले कुन पार्टीमा जान्छन्, त्यस्ताको के कुरा गर्नु ? २०६९ पछि उनीहरु पार्टीमा अन्तै गए, कोही के पार्टीमा गए, कोही के पार्टीमा गए, तिनीहरुलाई थाहा हुने कुरा नै भएन । हाम्रो २०७३ सालमा नेकपा (माओवादी केन्द्र) गठन भएको छ । त्यसको लगत्तै दुई वर्षपछि हाम्रो पार्टी नेकपा भयो । त्यसपछि सर्वोच्चको फैसलाले हाम्रो पार्टी साविकको ठाउँमा आएको छ । हाम्रो महाअधिवेशन गर्ने म्याद प्रशस्त छ । हामी कानुनबमोजिमको महाअधिवेशन गछौँ । त्यस महाअधिवेशनले हाम्रो सबै निक्र्यौल गर्छ । हाम्रो पार्टी विरुद्ध जसले उजुर हाल्यो त्यो त बटुवा हो । भगुवा हो । छेरुवा हो । डरपोक हो । अनि पार्टी फोरुवा हो । त्यसकारण बाटोमा हिँड्ने मान्छेले दिएको उजुरीमा निर्वाचन आयोगले हेर्दै हेर्दैन् । किनभने त्यहाँ हाम्रो लिगल भाषा भन्छ–हकदैया नै छैन । त्यस मुद्दामा त्यस्तो निवेदन दिने उसलाई कहाँबाट हक आयो ? त्यस्तो निवेदन दिने ? एमाले पार्टीमा बस्ने अनि माओवादी पार्टीको कुरा गर्ने ? एमाले पार्टीमा बस्ने, अनि काँग्रेस पार्टीको कुरा गर्ने, यस्तो किसिमको वाहियात काम तिनीहरुले गरिरहेका छन । त्योपनि वकिल किनेर लडेछन । अब तपाईँले यस्तो किन भन्यो होला म पनि वकिल ।

तपाईँको पार्टी अवैध छ भनेर वकिलहरु नै मुद्दा दायर गर्न गए नि, मलाई सरोजजीले जानकारी दिनुभएको थियो, तपाईँको प्रतिक्रिया के छ ?

मुद्दा दिएको पनि ती बादलजीहरुले दिएको होईन रहेछ । त्यही भाडावाला वकिलले दिनुभएको रहेछ । अब सार्वजनिक सरोकारको विषय हर्ने निकाय पनि निर्वाचन आयोग होईन । त्यो बुढाथोकी हाम्रो पार्टीको सम्बन्धित मान्छे पनि होईन । त्यसकारणले यी सब वाहियात कुरा हुन । यस्तो कुरामा हामीलाई फसाएर एउटा रङमग्याउने भन्ने हुन्छ । यो भनेको के भने नि एउटा स्याललाई कुकुरले लखेट्छ, अनि भेट्न भेट्न लागेपछि कुकुरले फिस्स पादी दिन्छ । अनि त्यो स्यालले फिस्स पादिदिएपछि कुकुर फनन घुम्छ र रङमगिंन्छ । स्याल पारी डाँडामा पुगिसकेको हुन्छ । हो, यस्तै गर्दैछन अहिले नेपालमा । यस्तै यस्तै कुरा गरिदिन अरुलाई रङमग्याईदिने अनि नेपालको प्रगति, नेपालको परिवर्तन, नेपालको विकास, नेपालको संविधान, नेपालको व्यवस्था सिध्याउनको निम्ति यो अनेक प्रकारको षड्यन्त्र एउटै ठाउँबाट भैरहेको छ । चाहे त्यो माओवादीमा होस् चाहे त्यो काँग्रेसमा होस, चाहे त्यो एमालेमा होस् वा अन्य ठाउँमा होस् । एउटै निकायबाट यो अपराध र षड्यन्त्र भईरहेको छ । त्यसो भएको हुनाले यसलाई धेरै वास्ता गर्नुहुदैन् के ?

२०६९ साल यता माओवादी केन्द्रको चुनाव भएको छैन अरे, रामबहादुर थापा बादलको प्रष्ट रुपमा आफ्नो भनाई आईसकेको छ । बादल समुहको भनाई के छ भने प्रचण्डको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रलाई खारेज गर्ने अरे, हामीलाईँ कारवाही गर्ने उहाँ अवैध अध्यक्ष बनिरहने भन्ने उहाँहरुका तर्क छ नि ?

त्यसो भए उहाँहरुलाई अहिले नै पाता फर्काएर कारवाही गर्नुपर्यो सरकारले त्यस्तो अबैध पार्टीबाट चुनाव लड्ने ? त्यस्ता तरिकाले चुनाव लडेर मन्त्री बनेर राज्यको ढुकुटी थेलो थेलो गर्ने ? उहाँहरु पो कारवाहीमा पर्नुपर्यो । त्यसो भएको हुनाले त्यो सब वाहियता कुरा हो । त्यसो भएको हुनाले हाम्रो २०७२ सालमा एकता महाअधिवेसन गरिएको छ ।

महाअधिवेशन गरेको अप्डेट त निर्वाचन आयोगमा गराउनुभएको छैन नि त फेरि, खै कहाँ गराउनुभएको छ ?

किन छैन ?

छैन, मैले निर्वाचन आयोगमा गएर हेर्दाखेरी माआवादी केन्द्रलाई अपडेट गराईएकै छैन नि, त्यहाँ केन्द्रीय समितिको महाअधिवेशन गरेको माईन्युट पनि छैन ?

त्यसोभए यी सबै बेठीक कुरा हुन । वाहियता कुरा हुन । मैले अघि भनें नि–यस्तो केन्द्र बनायो अहिले नेपालको संविधान सिध्याउनको निम्ति नेपालको परिवर्तन सिध्याउनको निम्ति त्यो एउटा वैदेशिक केन्द्र बनायो । त्यो केन्द्रमा यी सबै भर्ती भए, कहिले तिनीहरुले माओवादीका हान्छ । कहिले एमालेका हान्छ । कहिने काँग्रेसका हान्छ । एमालेलाई पनि यसरी नै रङमग्याको रङमग्याई छ । यो प्रकारले गरेर उद्देश्य चाहीँ त्यस्तो होईन । संविधानका प्रत्येक धारा छन नि, ती धाराहरुलाई खत्तम पारिदिने । संविधानको २८४ धारा खत्तम भयो । संविधानको धारा ९३ खत्तम भयो । अहिले प्रधानमन्त्रीज्युले जुन–जुन धारा प्रयोग गर्नुहुन्छ नि त्यो धाराको रङ र स्वाद जम्मै उडाई दिनुभयो । त्यसो भएको हुनाले यता पट्टी बहस गर्न राम्रो नै लाग्दैन मलाई त । यो अनावश्यक कुरामा त्यत्रो समय किन खर्च गर्ने ? अहिले यी बिना कामका वाहियात कुरामा हामी समय खेर फालिरहेका छौँ । यो बेठिक छ ।

नेपालको संविधानमा राजनीति दलहरुको महाअधिवेशन पाँच वर्षभित्र गरिसक्नुपर्छ भनेको छ नि, होईन ?

त्यो लेखेको कुरा त भएकै छ त । नत्र त निर्वाचन आयोगले भनिहाल्छ नि त । नेपालमा हामीले के गरेका छौँ भने राजनीतिक दल कुनै पनि हालतमा प्रतिवन्ध लगाईनेछैन । राजनीतिक दललाई कुनैपनि हालतमा रोक लगाईनेछैन भनेर हामीले संविधानमा लेख्यौँ । अब निर्वाचन आयोगमा निर्वाचन प्रयोजनको लागि जाने हो । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनको लागि जाँदाखेरी कुनै कुरा मिलेन भने निर्वाचन आयोग यस्तो निर्देशन गर्ने अथोरेटी हो । नियमनकारी संस्था हो । त्यसकारण उसले भनिहाल्थ्यो नि, अरुले भन्नुपर्छ ? यो–यो संस्थाले अडिट बुझाएन यो–यो संस्थाले महाअधिवेशन गरेनन्, अनि यो–यो राजनीतिक दलले अपडेट गरेनन् उसले भन्छ नि । अरुले भन्नुपर्छ र ? त्यसकारण यो सबै कुरा काम छैन, विचाराहरुको पार्टी पनि खुईलियो । एमालेको नेता केपी ओलीजीले यिनीहरुलाई बलात्कार गरिसके, यिनिहरुको अब काम सिद्दियो । अब यिनीहरुले सडकमा केही काम नपाएर अहिले मनगढन्ते काम गर्दै हिँडे फेरि अब यो विना कामका कुरा हुन । त्यसैले यसलाई ठुलो चिज बनाउन हुँदैन भन्ने मेरो कुरा हो ।

होईन, टोपबहादुर रायमाझीले पनि माओवादी केन्द्र खारेजीको माग गर्दै कडा टिप्पणी गर्नुभएको छ त ?

त्यसो भए उहाँ कहाँ हुनुहन्थ्यो ? यही पार्टीमा हुनुहुन्थ्यो । उहाँ अहिले कुन पार्टीमा हुनुहुन्छ ? तपाईँलाई थाहा छ नि ?

उहाँ अहिले एमालेमा हुनुहुन्छ ।

त्यसोभए त्यो पार्टीको महाअधिवेशन नभएको कति भया अरे ? अनि त्यहाँ त्यो बैध भयो रे ? त्यसकारण आफ्नो कुरा मात्रै नगरेर अर्काको कुरा किन गर्ने ? त्यसकारण हाम्रो पार्टी बैधानिक छ । अभिलेख अपडेट छ । यो हकदैया नभएका मान्छेहरुले भाडामा लगाईएका मान्छेहरुले विदेशीको प्रायोजनमा भएका कार्यक्रमहरुको कार्यले यहाँ नेपालीलाई रनभुल्लमा पार्ने काम गर्नुभएन । यो बेठिक छ । टोप बहादुरजी त बेला बेलामा पार्टी छोडेर हिँड्नुहुन्छ त । कहिले कता पट्टी ? कहिले कता पट्टी ? अहिले फेरि ओली मेरो महानेता भन्दै हुनुहुन्छ । ओली भनेको राष्ट्रघाती हो भनेर भाषण गरेको टेप अहिले बज्दैछ । त्यस्ता मान्छेका कुरा सुनेर हामी बौलाई रहने ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot