Logo

माधव नेपाल जनै खटिराले सिकिस्त, आज ओलीसँगको सहमति टुंगोमा नपुग्ने



काठमाडौं, २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध गरेर लैजानेबारे आज हुने भनिएको सहमति टर्ने सम्भावना बढेको छ । वरिष्ठ नेता नेपाल जनै खटिरा आएर विरामी परेपछि सहमति हुने सम्भावना कम भएको हो ।

एमालेभित्र सहमति निर्माण गर्न बनेको कार्यदलको बैठक लगातार बस्दै आएको छ । आज विहानैबाट कार्यदलको बैठक बसिरहेको छ । तर, नेता नेपाल विरामी परेपछि आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना कमजोर भएको हो ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताए । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहेका छैनन् ।
२८ असारमा सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटन अगावै एमालेभित्र सहमतिको प्रयास भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot