काठमाडौं, २७ असार । नेपाली काँग्रेसको अबको नेतृत्वमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन् । उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
काँग्रेस सभापति शेरबहादुर देउवानिकट श्रेष्ठले आफू पुरानो र मध्यमार्गी उम्मेदवार भएकोले सबैले स्वीकार्ने खालको हुने बताए । देउवाले पनि आफूलाई साथ दिने उनको दाबी थियो ।
‘शेरबहादुरजीलाई मैंले अहिलेसम्म सघाएँ, अब उहाँले मलाई सघाउनुहुन्छ,’ ऋषि धमलासँग रेडियो एनआरएनमा भने । उनले आफू यसपटक सभापतिको उम्मेदवार बन्ने र त्यसपछि विमलेन्द्र निधि आफूहरुको समूहबाट सभापतिको उम्मेदवार बन्ने बताए ।
देउवाले छाड्ने स्थिति आएमा आफूलाई सभापतिका लागि सघाउने वचन समेत दिएको बताए ।