Logo

नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार आजदेखि हुने



काठमाडौं, २७ असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि पहिलोपटक दुई कम्पनीको एकीकृत कारोबार असार २७ गते (आज) देखि सुरु गर्ने भएको छ ।

दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै विशेष सभाबाट वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए । भर्चुअल माध्यमबाट आयोजित सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मुल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको मुल्य अनुपात १००ः ३५ को शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ ।

अब युनाइटेड फाइनान्सका शेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता शेयर पाउने भएका छन् । युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पछि नबिल बैंकको चुक्तापुँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ भने कुल पूँजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भएर १४७ वटा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot