Logo

दिपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय



काठमाडौं, २७ असार । गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दिपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । विना विभागीय मन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मनाङेले यसअघि भौतिक पूर्वाधार मन्त्रालय मागेका थिए । यसकारण मन्त्रिमण्डलको भागवण्डा मिलेको थिएन ।

जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कुमार खड्का सामाजिक विकास र मधुमाया अधिकारी स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot