काठमाडौं, २७ असार । नेकपा (एमाले) को विवाद समाधान हुने भनेर नेताहरुले दाबी गरेपछि अझैसम्म सहमति हुन सकेको छैन् । हिजो बसेको कार्यदलको बैठकले पार्टीका विवाद समाधान गरेको दाबी गरिएको थियो । नेताहरुले आज विहानै सुखद् समाचार सुन्न पाउने भन्दै पत्रकारलाई विश्वास दिलाएका थिए । तर, आज विहान बैठक बस्नै ढिला भएको थियो ।
अहिले कार्यदलको बैठक सिंहदरबारमा जारी छ । तर, सहमति हुने सम्भावना कम रहेको एमालेनिकट उच्च स्रोतको दाबी छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा आफूलाई दोस्रो अध्यक्षको जिम्मेवारी दिईनुपर्ने माग गरेका छन् । यसमा अध्यक्ष केपी शर्मा ओली सहमत भएका छैनन् ।
माधव नेपालनिकट एक नेताले भने,‘हिजोको कार्यदलको बैठकमा सबै कुरा टुँगो लगाएको हो भने आज किन ढिलाई भयो ? सहमति भएको हो भने सार्वजनिक गरे भैगयो नि ।’ माधव नेपालले अदालतको फैसला प्रभावित पार्नेगरि सहमतिमा कुनै पनि बुँदा उल्लेख नगर्ने बताउँदै आएका छन् । यसमा ओली पक्ष पनि सहमत छ । file photo