Logo

राजेशपायल राईको गुनासो : मलाई मन पराउने युवती कोही पनि छैन, म एक्लो भएँ (भिडिओसहित)



काठमाडौं, २७ असार । चर्चित गायक राजेशपायल राईले आफूले चाँडै विवाह गर्ने स्पष्ट पारेका छन् । उनले आफूलाई मन पराउने युवती अहिलेसम्म कोही पनि नभएको बताए । उनले भने,‘मलाई मन पराउने युवती कोही पनि छैन्, म एक्लो भएँ । मलाई अहिलेसम्म विवाहको प्रस्ताव अहिलेस्म्म आएको छैन् ।’

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूसँग घुम्नको लागि पनि समय नभएको जिकिर गरे । बरु, उनले आफूलाई प्रेम प्रस्ताव भने थुप्रै आएको जनाए । उनले आफूलाई अहिले विवाहको लागि परिवारका सदस्यहरुले दबाब दिएको सुनाए । उनले आफू युवतीहरुको छनौटमा परेको व्यक्ति नभएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot