Logo

ब्राजिलमा कस्तो छ कोरोना संक्रमितको अवस्था



काठमाडौं, २६ असार । विश्वमा हालसम्म १८ करोड कोरोना संक्रमितको सख्या रहेको छ । संक्रमित मध्ये १७ करोड १२ लाख बढी संक्रमणमुक्त भएका छन् । त्यस्तै, नेपालमा पनि ६ लाख ५४ हजार कोरोना संक्रमितको संख्या रहेको छ ।

यसैगरी, ब्राजिल पनि कोरोना प्रभावित राष्ट्र मध्ये एक हो । वल्डोमिटरको अनुसार ब्राजिलमा मात्र ५ लाख ३२ हजार ९ सय ४९ जना कोरोना संक्रमितको निधन भइसकेको छ । त्यस्तै, आजसम्म १ करोड ९० लाख ६९ हजार ३ कोरोना संक्रमितको संख्या ब्राजिलमा रहेको छ भने संक्रमित मध्ये १ करोड ७५ लाख ३० हजार ३६९ जना संक्रमणमुक्त भएका छन् । १ लाख ५ हजार ६८५ जना संक्रमितको उपचार भैरहेको छ भने ८ हजार ३ सय १८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको वल्डोमिटरले जनाएको छ ।

यसैगरी, १३ सय ५८ जना ४० देखि ४९ वर्ष उमेरसमुहका कोरोना संक्रमितको नेपालमा निधन भएको छ । त्यस्तै, ३० देखि ३९ वर्ष उमेर समुहका ७७४ जना संक्रमितको अहिलेसम्म मृत्यु भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार २० देखि २९ उमेर समुहको २७३ जनाको संक्रमणबाट मृत्यु भएको छ । ४८ जना १० देखि १९ कोरोना संक्रमितको मृत्यु भएको छ भने ९ वर्ष मुनि उमेर समुहको ४१ जनाको हालसम्म मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot