काठमाडौं, २७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजेको लागि बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ । पार्टी विवाद सहमतितर्फ उन्मुख रहेको दाबी गरिरहेको बेला अध्यक्ष ओलीले आज अकस्मात् स्थायी कमिटीको बैठक बोलाएका हुन् ।
आजको बैठक एकपक्षीय भएको माधव नेपाल पक्षधर नेताहरुको भनाई छ । उक्त बैठकमा नेपाल पक्ष नजाने भएको छ । यता, विवाद समाधानको लागि कार्यदल सक्रिय छ । कार्यदलको बैठक ७ घण्टादेखि जारी छ ।
वरिष्ठ नेता माधव नेपालले पार्टीमा अध्यक्ष मागेपछि विवाद नमिलेको बताईएको छ । नेता नेपाललाई अध्यक्ष दिनको लागि ओली तयार छैनन् । हिजोमात्रै कार्यदलका दुवै तर्फका सदस्यहरुले आज सहमति हुने दाबी गरेका थिए । file photo/reportersnepal