काठमाडौं, २७ असार । शेयर बजार आज भारी अंकले बढेको छ । नेप्सेमा आज हरियाली छाएको छ । केही दिन यता निरन्तर घट्दै आएको नेप्से आज ७४ दशमलव ७१ अंकले बढेर २८ सय ९९ विन्दुमा रोकिएको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १३ दशमलव ७७ अंकले बढेर ५४३ दशमलव ४३ विन्दुमा रोकिएको हो । आज १३ उपसमुहको नेप्से परिसुचक बढेको हो ।
नेप्सेको अनुसार आज २२५ कम्पनीको ८२ हजार ४९ पटक कारोबार भएर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर खरिद बिक्रि भएको छ ।