Logo

पेस्तोल र गोली सहित ३ जना पक्राउ



सर्लाही, २७ असार । पेस्तोल तथा गोली सहित ३ जना पक्राउ परेका छन् । ब्रहमपुरी गाउँपालिका २ स्थित ब्रहमपुरी-मोहनपुर सडक खण्डबाट २ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ब्रहमपुरी गाउँपालिका ४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेका छन् ।

बिआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार बोकी भारतबाट नेपालतर्फ आउँदै गरेको खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरी सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot