Logo

कार्यदलले १० बुँदे सहमति गरेपछि ओली र नेपाल आज भेट्दै



काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ । हिजो राति १० बजे कार्यदलले गरेको १० बुँदे सहमतिको बारेमा छलफल गर्न ओली र नेपालबीच भेटवार्ता हुन लागेको भीम रावलले जानकारी दिए ।

अहिले रावल प्रधानमन्त्री ओलीसँग छलफलमा छन् । उनी विहानै बालुवाटार पुगेका हुन् । नेता नेपालले उक्त दश बुँदे सहमतिमा अदालतको फैसलालाई प्रभावित पार्ने भाषा रहेको भन्दै आफ्नो विमति जनाएको कुरा बाहिर आएका छन् ।

तर, कार्यदलमा रहेका सदस्यहरुले भने अब दुई शीर्ष नेता बसेर उक्त सहमति कार्यान्वयनमा लैजानको लागि ठोस कदम चाल्नुपर्ने भन्दै दबाब दिएका छन् । सोहीअनुसार ओली र नेपालबीच आजै भेटवार्ता हुन लागेको हो । रावलले भेट कहाँ र कति बजे हुने भन्नेबारे केही पनि खुलाएनन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot