Logo

रोनाल्डोलाई गोल्डेन बुट, युरोकपमा कस्ले के अवार्ड पाए (नामावलीसहित)



एजेन्सी, २८ असार । युरोकप फुटबलमा पुराना खेलाडीकै प्रभाव देखियो । नयाँ खेलाडीहरुले आफ्नो क्षमता देखाएपनि स्टार भने जन्मिएको पाइएन ।

यसपटक सबैभन्दा बढी गोल गरेका क्रिस्टियानो रोनाल्डो र प्याट्रिक सिकले ५–५ गोल गरे । तर, ४ खेल मात्र खेलेर ५ गोल गरेकाले रोनाल्डोले गोल्डन बुट पाए । सिकले सिल्भर बुट पाए ।

गोल्डन बल इटालीका  जियानलुइगी डोनारुमाले पाए । उनले उत्कृष्ट गोलरक्षकका रुपमा क्षमता प्रदर्शन गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि उनी नै भए ।

गोल्डेन बुट, क्रिस्टियानो रोनाल्डो, पोर्चुगल, ५ गोल ४ म्याच
सिल्भर बुट, प्याट्रिक सिक, चेक, ५ गोल ५ म्याच
ब्रोन्ज बुट, करिम बेन्जेमा, फ्रान्स, ४ गोल ४ म्याच
गोल्डेन बल, उत्कृष्ट खेलाडी, गियानलुइगी डोनारुमा, इटाली



प्रतिक्रिया दिनुहोस्