Logo

एमाले कार्यदलको १० बुँदे सहमति शीरदेखि तीरसम्म गलत छ : डा. विजय पौडेल (भिडिओसहित)



काठमाडौं, २८ असार । नेकपा (एमाले) का माधव नेपालनिकट नेता डा. विजय पौडेलले हिजो राति एमाले कार्यदलको बैठकले गरेको १० बुँदे सहमति ठीक नभएको स्पष्ट पारेका छन् । उनले आफूहरुको उक्त सहमतिमा फरक मत रहेको पनि जिकिर गरे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो सहमति गर्दा पनि अर्को पक्षसँग कुनै सहमति नलिईएको जिकिर गरे । र, सहमति पत्रमा प्रतिनिधिसभा विघटनसम्बन्धी कुनै स्पष्ट शब्द नराखिएको बरु ढाकछोप र काईते भाषा राखिएको उनको भनाई छ । प्रतिगमन प्रवृत्तिको बारेमा उक्त सहमतिबारे कुनै स्पष्ट पारे । उनले हिजो भएको सहमति शीरदेखि तीरसम्म गलत रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्