Logo

कार्यदलले गरेको १० बुँदे सहमतिमा माधव नेपालको सहमति नहुने भन्ने कुरै छैन् : भीम आचार्य (भिडिओसहित)



काठमाडौं, २८ असार । नेकपा (एमाले) का सचिव भीम आचार्यले माधव नेपालको राय, सुझाव र सहमतिकै आधारमा आफूहरुले १० बुँदे सहमति गरेको दाबी गरेका छन् । उनले हिजोको सहमतिले अदालतको फैसलालाई प्रभावित नपार्ने पनि जिकिर गरे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । हिजो भएको सहमतिमा माधव नेपालको समर्थन रहेको जिकिर गरे । उनले भने,‘उहाँसित सरसल्लाह नै गरेर हामीले यो सबै गरेको हो । त्यसैले उहाँको समर्थन नहुने भन्ने कुरै छैन् ।’

उनले आज साँझ ५ बजे बस्ने स्थायी कमिटी बैठकमा माधव नेपाल पनि सहभागी हुने जनाए । तर, नेपाल जनै खटिरा आएकोले अस्वस्थ रहेकोले नजानपनि सक्ने उनको भनाई छ । तर, अरु कारणले बैठकमा नजाने भन्ने कुरै नभएको आचार्यको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्