Logo

किशोरी बलात्कार गर्ने एकजना पक्राउ



कञ्चनपुर, २८ असार । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका ४ बस्ने २५ वर्षीय दिनेश रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

रानाले २०७७ फागुन १४ गते बेलौरी नगरपालिका २ गोकुलपुरमा ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot