काठमाडौँ, २८ असार: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले अदालतको फैसलालाई ‘गोरु ब्याएको’ टिप्पणी गर्दै देश अब अस्थिरतामा फस्ने खतरा बढेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’
बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं-
“सर्वोच्च अदालतमा आज गोरू व्यायो”
राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा— Kamal Thapa (@KTnepal) July 12, 2021