Logo

आज यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी



काठमाडौं, २८ असार । नेप्सेमा उच्च अंकले गिरावट आउदा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार १०४ कित्ता खरिद बिक्रि भएको छ ।

सबैभन्दा धेरै आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार कम्पनीको प्रतिकित्ता १५ सय ९९ रुपैयाँ शेयरमुल्य कायम भई ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको प्रतिकित्ता ९५६ रुपैयाँ शेयरमुल्य कायम भई ३४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयरको प्रतिकित्ता १७ हजार ७ सय ९० रुपैयाँ कायम भई २९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको २६ करोड ३६ लाख, नेपाल बैंकको २५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्