Logo

प्रधानन्यायाधीश जबराको पुत्ला जलाउन खोज्दा युवा संघका कार्यकर्तासँग प्रहरीको सामान्य झडप (फोटोफिचर)



काठमाडौं, २८ असार । नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाउने प्रयास गरेको छ । तर, प्रहरीले पुत्ला जलाउन खोज्ने युवा सङ्घका कार्यकर्ताहरुलाई रोकेको थियो । त्यतिवेला प्रहरी र युवा संघका कार्यकर्ताबीच सामान्य हात हालाहाल अवस्थासमेत सिर्जना भएको थियो । माइतीघरबाट नारा जुलुस गर्दै नयाँ बानेश्वर पुगेका युवा सङ्घका कार्यकर्ताले फेरि पुत्ला जलाउने तयारी गरेको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्