काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शितलनिवासमा ४० मिनेटको भेटमा सर्वोच्च अदालतको फैसलापछि चाल्ने कदमबारे छलफल भएको हो ।
राष्ट्रपति भण्डारीसँग ओलीले राजीनामाबारे छलफल गरेका छन् । उनले सर्वोच्च अदालतको आदेश पालना गर्ने र त्यसपछि उत्पन्न हुने परिस्थितिबारे कुराकानी गरेका हुन् ।
राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको साँझ १८ः५० देखि १९ः३५ सम्म कुराकानी भएको थियो ।