काठमाडौं, २९ असार । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेअनुसार राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे सपथग्रहण कार्यक्रम राखेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले जनाएअनुसार ४ बजेलाई सपथ खुवाउने तयारी गरिएको छ । र, सोहीअनुसार पत्राचार गरिएको पनि उनले जनाए । देउवाले आजै माओवादी केन्द्र र कांग्रेसबाट दुई जनालाई समावेश गरेर सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।