Logo

सगरमाथा इन्स्योरेन्सको साधारण सभा असार ३० गते



काठमाडौं, २९ असार । सगरमाथा इन्स्योरेन्स कम्पनीको साधारण सभा हुने भएको छ । कम्पनीको २४ औं साधारण सभा असार ३० गते कम्पनीको केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यमबाट हुने भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११.५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ ।

हाल चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रहेको यस कम्पनीको सभाले लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ ।

सभा प्रयोजनको लागि कम्पनीले असार १७ गते एकदिन बुक क्लोज गरेको छ । असार १६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot