Logo

महान्यायाधिवक्ता बडालद्वारा राजीनामा



काठमाडौं, २९ । महाधिन्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता बरालले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन् । प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने क्रममा संवैधानिक इजलासले महान्यायाधिवक्ताको प्रस्तुतिलाई लिएर तीव्र आक्रोश प्रकट गरेपछि बडालले राजीनामा दिएको जानकारी पत्रकार ऋषि धमलालाई दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदै छन् ।



प्रतिक्रिया दिनुहोस्