Logo

शभकामना दिन आएका नेता/कार्यकर्तालाई देउवाले भने–राष्ट्रिय सहमतिका साथ अघि बढ्छु



काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब राष्ट्रिय सहमतिका साथ अघि बढ्ने विश्वास दिलाएका छन् । आफूलाई बधाई दिन निवासमा आएका नेता तथा कार्यकर्ताहरुलाई उनले सबै दललाई एकताबद्ध बनाएर अघि बढ्ने विश्वास दिलाएका हुन् ।

उनले कोभिड–१९ बाट देश आक्रान्त बनेकोले सबै दललाई विश्वासमा लिएर अघि बढ्ने वचनबद्धता व्यक्त गरेका हुन् । सर्वोच्च अदालतले हिजो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेको हो ।

देउवालाई आज अपरान्ह ४ बजे सपथ खुवाउने कार्यक्रम तय भएको छ । त्यो भन्दा अघि देउवा सरकारमा क–कसलाई सहभागी गराउने भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग आन्तरिक परामर्शमा छन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्