Logo

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गरेपछि एकिकृत कारोबार भोलीदेखि सुरु हुने



काठमाडौं, २९ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेसँगै भोली (असार ३० गते) देखि एकिकृत कारोबार सुरु गर्ने भएको छ ।

दुईटा कम्पनीको गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका हुन् । दुई कम्पनीविच माघ ८ गते प्राप्ती सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकबाट बैशाख १५ गते महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गर्न नेशनल माइक्रोफाइनान्सले सैद्धान्तिक सहमति पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot